Logo

Breaking News 1

मुलुकको दिगो आर्थिक विकासमा निर्माण व्यवसायको महत्त्वपूर्ण भूमिका : प्रधानमन्त्री



काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको दिगो आर्थिक विकासमा निर्माण व्यवसायको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् । बिहीबार एसियाली र पश्चिमी प्रशान्त क्षेत्रका निर्माण व्यवसायीको अन्तर्राष्ट्रिय सम्मेलनमा उनले यस्तो बताएका हुन् ।

उनले दिगो आर्थिक विकास र निर्माणका निम्ति निजी क्षेत्रले नेतृत्व लिन आवश्यक रहेको औँल्याए । नेपालले सन् २०४५ सम्म कार्बन उत्सर्जन शून्यमा ल्याउने अन्तर्राष्ट्रिय प्रतिबद्धता जनाएको भन्दै उनले विकास निर्माणका काम पनि त्यहीअनुसार गरिरहेको बताए ।

प्रधानमन्त्री प्रचण्डले सरकार दिगो पूर्वाधारको प्रवर्द्धनका निम्ति प्रतिबद्ध रहेको उल्लेख गरे । उनले दिगो पूर्वाधार विकासका निम्ति आर्थिक तथा नीतिगत सुधार गर्न आवश्यक पहल गर्ने आश्वासन दिए ।

प्रकाशित मिति : ७ मंसिर २०८०, बिहिबार  ११ : ४६ बजे