Logo

मुख्य समाचार

सडकले अशान्त बनाएको एउटा गाउँको कथा



महोत्तरी । गाउँको सुविधाका लागी बनाइएको एउटा सडकले गाउँलेहरु बिचमा नै कलह सिर्जना गर्‍यो भन्दा धेरैलाई अचम्म लाग्न सक्छ तर महोत्तरीको बर्दिवासस्थित भित्री गाउँमा रहेको सडक नै स्थानियहरुको अशान्तको कारक वनेको छ ।

बर्दिवास-६ स्थित कृष्णपुरमा २०५४ सालमा नै खोलिएको शाखा सडकलाई अहिले पुर्णरुपमा अतिक्रमण गरिएको छ भने सडकको विच भागमा विरुवाहरु समेत रोपिएको छ ।

२०५४ सालमा तत्कालीन गाविस अध्यक्ष बिदुर कार्कीले खोलेको यो सडकले गाउँमा कसरी अशान्त मच्चायो भन्ने विषय थाहा पाउन ५ बर्ष अगाडि फर्कनुपर्छ ।

यो सडकको दायाँबायाँ विशेष गरि स्थानिय तेजिलाल महतो र मकसुदन महतोको जग्गा छ । दुवै सदियारहरुले आधा(आधा जग्गा १३ फिट सडकको लागी प्रयोग गर्ने सहमति भएको थियो । तर २०५४ सालमा भएको सहमतिमा स्थानियहरुले अमिन ल्याएर जग्गा नपाए पछी एकाएक बिथोलियो । स्थानिय अमिनले गरेको नापजाँच अनुसार गाउँको नै सम्पुर्ण जग्गा लालपुर्जा अनुसार भोगचलन नभएको निष्कर्ष निकालियो ।

यही नापजाँच नै गाउँलेहरुको लागी अभिशाप मात्र बनेन, बर्षौदेखी यथास्थानमा भोगचलन गर्दै आएका स्थानियहरुले जग्गा कै कारण दिन्हु झगडा गर्न थाले । गाउँ अशान्त वन्दै गएपछी स्थानिय राजनिती दलहरुले पुर्व भोगचलन अनुसार नै यथास्थानमा उपभोग गर्ने सहमति समेत बनेको थियो ।

यही क्रममा तत्कालिन समयमा गाविस अध्यक्ष रहेका विदुर कार्की २०७४ मा नगरप्रमुखमा निर्वाचित भए । एक गाउँ देखि अर्को गाउँ जोडने र कृषि उपजहरुलाई बजारसम्म पुर्‍याउन पुलको काम गर्न सक्ने भएकाले यो सडकलाई स्थानिय सरकारले समेत प्राथमिकतामा राख्यो ।

जव सडक स्त्तरोन्न्ती गर्ने सन्दर्भमा वजेट विनियोजन भयो तव मकसुदन महतो अमिनले गरेको नापजाँचमा आफ्नो जग्गा सडकमा वढी पर्ने भन्दै २०७५ साल भदौ-८ गते निवेदन बोकेर जिल्ला अदालत महोत्तरी पुगेका थिए । त्यसपछी सुरु भएको विवाद अहिलेपनी उत्कर्षमा छ ।

मकसुदनको रिट नै खारेजी भएको थियो

मकसुदनको रिटलाई बर्दिवास नगरपालिकाको न्यायिक समितिको निर्णय र नाप नक्साअनुसार पनि जग्गा बढी पर्ने आधारहरु नदेखिए पछी जिल्ला अदालत महोत्तरीले खारेजी गरेको थियो ।

जिल्ला अदालत महोत्तरीले २०७७ साल कात्तिक(३ गते गरेको फैसलामा यथास्थानमा सडक खोल्न अनुमति दिएको छ तर अचम्म लाग्दो त कहाँ नीर छ भने मकसुदनले भने यस्लाई अटेर गरिरहेको देखिएको छ ।

अर्का स्थानिय तेजिलाल महतो भने पुर्व भोगचलन भएअनुसार आधा जग्गा दिन तयार रहेको भन्दै सडक खोल्नुपर्ने अडान लिदै आएका छन् ।

एकथरी गाउँलेहरु तेजिलाललाई समर्थन गर्ने र अर्कोथरी गाउँलेहरु मकसुदनलाई समर्थन गर्दा दुई पक्षविच झगडा दिनहुँ बढदै गएको देखिएको छ ।

यो विषयमा स्थानिय राजनिती दलका केही नेताहरु समेत हावी भएका छन । नेपाली काङ्ग्रेसका स्थानिय नेता राजकुमार महतोलाई कतिपयले मुख्य झगडाको कारकको रुपमा लिने गरेका छन । उनै महतोले अमिन ल्याएर जग्गा नाप जाँच गरेपछी स्थानियहरु विथोलिएको स्थानिय युवा सुर्यदेव महतो बताँउछन् ।

तर महतोले भने २०५४ सालमा खोलेको यथास्थानवाट सडक खोलिनुपर्ने विषयमा आफू स्पष्ट रहेको बताएका छन । यसको विषयमा अहिलेका नगरप्रमुख प्रल्हाद कुमार क्षेत्रीसगँ दर्जनौ पटक कुराकानी भैइसकेको पनि उन्ले बताए ।

नगरले लिएको पहलकदमी पटकपटक विफल

२०७५ साल देखि नै बर्दिवास (जलेश्वर जाने हुलाकी सडक देखि पश्चिम र भोटे खोलासम्मको उक्त सडक खुलाउन अवरोध भएको देखिएको छ ।

२०७५ साल बैसाख २४ गते गाउँमा थप झगडा नहोस भन्ने उदेश्यले नगरले अमिन खटाएर तेजिलाल र मकसुदनको जग्गाको विच भागवाट सडक निकास निकाल्ने सहमती भएको थियो ।

उक्त सहमतिलाई आधार वनाएर २०७७ साल चैत २४ गतेवाट कार्य नै पारम्भ गर्ने तेजिलाल र मकसुदनविच लिखित सहमती समेत भयो । सहमतिपछि निर्णय कार्यान्वयन गर्न स्थानिय सरकारले पटकपटक प्रयास गरेको पनि देखिएको छ ।

ञउक्त विवाद सावधान गर्न म स्वयम लागि परेको थिए,झ पुर्व नगरप्रमुख बिदुर कार्कीले भने, ञत्यहाँ सहमती उल्लंघन गरेको हुदा एक्सनमा नै जानुपर्ने देखिन्छ । २०५४ सालमा साविकको वडा न.८ को उक्त ठाउँवाट आफैले सडक संजाल विस्तार गरेको बताउदै यथास्थानवाट सडक वनाउनु पर्नेमा कार्कीले जोड दिए ।

पुराना प्रमाणहरुलाई नै आधार बनाएर सडक बनाउने अहिलेका नगरप्रमुख प्रल्हादकुमार क्षेत्रीले पनि प्रतिबद्धता जनाएका छन ।

तिहार तथा छठका कारण छलफल गर्न नपाएको बताउदै नगरप्रमुख क्षेत्रीले पुरानो यथास्थितिमा नै सडक बनाइने बताए ।

नगरप्रमुख क्षेत्रीले यसअघि पनि प्रयास गरेको तर नसकेको हुदा स्थानियहरुले भने उनको प्रतिबद्धतामाथी विस्वास गर्न सकेका छैनन् ।

२०८० असार २८ गतेपनी नगरवाट सडकको भाग छुट्याउन प्रयास गरेको देखिएको छ । मकसुदनले हालेको निवेदन उपर जिल्ला अदालतको फैसला र तत्कालिन समयमा न्यायिक समितिले गरेको निर्णयलाई अहिले पनि सदर गरेको न्यायिक समितिकी संयोजक तथा उपप्रमुख तारादेवी महतोले बताइन् ।

कागजात र प्रमाणहरु हेर्दा मकसुदनले नै न्यायिक समिती र अदालतको आदेशलाई अटेर गरेको देखिएको छ । अन्य विषय जेजस्तो भएतापनी मकसुदन नै मुख्य झगडाको कारक रहेको कतिपय स्थानियको समेत बुझाई छ । स्थानियवासी भोला सेन्चुरी, विनोद यादव, रमेश साह, सन्तोष महतो, राजविर महतो लगायतले जग्गाको लोभको कारण सडक नै अतिक्रमणमा परेको बताए ।

प्रकाशित मिति : ७ मंसिर २०८०, बिहिबार  १० : ५७ बजे