Logo

मुख्य समाचार

काशीमा सुरूङमा फसेकाको उद्धारको अन्तिम चरणमा ड्रिलिङ गर्ने मेसिन बिग्रियो



उत्तरकाशी । एनडीआरएफ टोली उत्तरकाशीको सुरुङमा फसेका ४१ जना मजदुरलाई बचाउन लडिरहेका छन् । यसैबीच बिहीबार बिहान उत्खनन गरिरहेको अजर मेसिन बिग्रिन पुगेको छ, जसका कारण अहिले उद्धार कार्य रोकिएको छ ।

बिग्रिएको मेसिन मर्मत गर्न दिल्लीका विज्ञ बोलाइएको छ । जानकारी अनुसार १२ मिटर ड्रिलिङ गर्न बाँकी छ भने ६–६ मिटरका दुईवटा पाइप बिच्छ्याउन बाँकी छ ।

त्यसपछि मात्रै सिल्कियारा सुरुङमा फसेका ४१ जना मजदुर आज बाहिर आउन सक्नेछन् । गत नोभेम्बर १२ अर्थात दिपावलीको दिन बिहान ४ बजेदेखि सुरुङभित्र सबै ४१ मजदुर फसेका छन, त्यसबाट उनीहरूलाइ अझै निकाल्न सकिएको छैन् ।

अजर मेसिनले छिट्टै सुरुङको प्रवेशद्वारबाट ६० मिटरसम्म ड्रिल गर्नेछ। र सुरुङ भित्र ८०० मिमी पाइप बिछ्याउने काम भइरहेको छ । जानकारी अनुसार १२ मिटर ड्रिलिङ गर्न बाँकी थियो । यसैबीच रड आइपुगेपछि उद्धार कार्य रोकिएको थियो तर त्यसपछि रड काटिएको थियो । अहिले उद्धार कार्य अन्तिम चरणमा पुगेको छ ।

ड्रिलिंग पूरा भएपछि एनडीआरएफ टोली अक्सिजन सिलिन्डर, ग्यास कटरको साथ ८०० एमएम पाइपमार्फत भित्र जानेछ र सबै कामदारहरूलाई एक एक गरी बाहिर निकालिनेछ ।

जानकारीका अनुसार एनडीआरएफ टोलीले कामदारहरूलाई बाहिरको तापक्रम र भित्रको तापक्रमबीचको भिन्नता बताउने छ, त्यसैले कामदारहरूलाई तत्काल बाहिर भने ल्याइने छैन। सबै चेकअप गरे पछि मात्रै उनीहरूलाइ बाहिर ल्याइने छ ।

प्रकाशित मिति : ७ मंसिर २०८०, बिहिबार  १० : ४७ बजे