Logo

मुख्य समाचार

काशीमा १२ दिनदेखि सुरुङमा फसेका मजदुरलाई आज निकालिदै, बाहिर एम्बुलेन्स र डाक्टर तैनाथ



काशी । उत्तराखण्डको उत्तरकाशी जिल्लामा निर्माणाधीन सिल्कारा सुरुङमा फसेका ४१ जना मजदुरको उद्धारका लागि विभिन्न निकायको काम अन्तिम चरणमा पुगेको छ । यसैलाई ध्यानमा राखेर एम्बुलेन्स तयार राखिएको छ र घटनास्थलमा डाक्टर बोलाइएको छ ।

विगत केही दिनदेखि सिल्कियारा सुरुङमा फसेका ४१ जना मजदुरलाई एक एक गरी बाहिर निकाल्ने जिम्मेवारी राष्ट्रिय विपद् प्रतिकार्य बल ९एनडीआरएफ० को १५ सदस्यीय टोलीलाई दिइएको छ । मजदुरलाई बाहिर निकाल्न भग्नावशेष छेडेर ८०० एमएम व्यासको स्टिल पाइप हालेर बाटो तयार भइरहेको छ, जसको निर्माण अन्तिम चरणमा पुगेको छ । कामदारलाई जुनसुकै बेला निकाल्न सक्ने बताइएको छ ।

उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामी आफै उत्तरकाशीमा छन्, एनडीआरएफका सेकेन्ड इन कमाण्ड रविशंकर बधानीले भने कि एनडीआरएफका सिपाहीहरूले कामदारहरू फसेको पाइपमार्फत भग्नावशेषको अर्को छेउमा कसरी पुग्ने भन्ने अभ्यास गरेका छन् ।

कामदारलाई बाहिर निकालेपछि ४१ एम्बुलेन्समा चिल्यानसौर सामुदायिक स्वास्थ्य केन्द्र लगिने छ । यहाँ ४१ शैयाको अस्पताल तयार गरिएको छ । यस अस्पतालमा कामदार लैजान ग्रीन कोरिडोर बनाइएको छ । यदि आवश्यक भएमा कामदारहरूलाई ऋषिकेश एम्समा एयरलिफ्ट गर्न सकिन्छ । सिल्क्यरा सुरुङ दुर्घटना गत नोभेम्बर १२ मा बिहान ४ बजे देखी थुनिएका छन ।

सुरुङको प्रवेश बिन्दुको २०० मिटर भित्र ६० मिटरसम्म माटो डुबेको थियो । ४१ जना मजदुर भित्र फसेका छन् । सुरुङभित्र फसेका कामदारहरू बिहार, झारखण्ड, उत्तर प्रदेश, पश्चिम बंगाल, ओडिशा, उत्तराखण्ड र हिमाचल प्रदेशका छन्। यो सुरुङ चारधाम सडक आयोजना अन्तर्गत निर्माण हुन लागेको हो ।

प्रकाशित मिति : ७ मंसिर २०८०, बिहिबार  ८ : ४० बजे