Logo

Breaking News 1

अत्यावश्यक काममा मात्रै भोलि सवारी साधन लिएर निस्कनु: ट्राफिक प्रहरी



काठमाडौं। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले अत्यावश्यक काम परे मात्रै भोलि (मंसिर ७ गते) सवारी साधन लिएर निस्किन आग्रह गरेको छ।

काठमाडौं उपत्‍यका भित्रका विभिन्न स्थानहरूमा मंसिर ७ गते प्रदर्शनजस्ता कार्यक्रम हुन लागेको भन्दै ट्राफिक प्रहरी कार्यालयले अत्यावश्यक काम भए मात्र सवारी साधन प्रयोग गर्न भनेको हो।

नेकपा एमाले निकट युवा संघ र मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्षले बिहीबार काठमाडौंमा प्रदर्शन गर्न लागेका छन्। प्रदर्शनका कारण काठमाडौंको ट्राफिक व्यवस्‍थापनमा असर पर्ने भन्दै कार्यालय सूचना जारी गरेको हो।

त्यस्तै सुरक्षा र ट्राफिक व्यवस्थापनको लागि जुनसुकै ठाउँबाट पनि सवारी साधन डाइभर्ट गर्न सक्ने ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

प्रकाशित मिति : ६ मंसिर २०८०, बुधबार  ३ : ०७ बजे