Logo

Breaking News 1

आजपाले बोलायो स्थायी कमिटी बैठक, अहिलेको व्यवस्था र दलतन्त्रको विकल्प खोज्नेबारे छलफल हुने



काठमाडौं। प्रभु साह नेतृत्वको आम जनता पार्टीले अहिलेको व्यवस्थाको विकल्प खोज्नेगरि निर्णय लिनको लागि स्थायी कमिटीको बैठक बोलाएको छ । बैठक यही मंसिर ११ गते विहान ११ बजे बस्ने तय भएको पार्टी कार्यालय सचिव बालकृष्ण सापकोटाले जानकारी दिए । बैठक भने पार्टी मुख्यालयमा बस्ने जनाईएको छ ।

आजपाले स्थायी कमिटी बैठकबारे जानकारी दिन प्रेषित पत्रमा भनेको छ–‘देश यतिवेला संकटग्रस्त अवस्थाबाट गुज्रिरहेको छ । राजनीतिक अस्थिरता कायमै छ । सरकार–सरकारबीच द्वन्द्वको अवस्था छ। राजनीतिक द्वन्द्व चर्को छ । जनता निराश छन् । प्रमुख पार्टीका नेताहरु अनिर्णयको बन्दी भई खुलेआम भ्रष्टाचारमा लिप्त छन् । उनीहरुले आफूलाई शासक वर्गमा परिणत गरेका छन् ।’

प्रकाशित मिति : ६ मंसिर २०८०, बुधबार  २ : ४४ बजे