Logo

Breaking News 1

वामपन्थी एकताको कुरा नगरौं: अध्यक्ष ओली



काठमाडौँ। नेकपा एमालेको केन्द्रीय समिति बैठक बसिरहेको छ । पार्टी कार्यालय च्यासलमा जारी बैठकको उद्घाटन गर्दै अध्यक्ष केपी शर्माओलीले वामपन्थी एकताको कुरा नगर्न आग्रह गरेका छन् ।

‘एकताको माला त्यति वेलाबाटै भएको हो, तर एउटा एकता गर्दा अरू दुई वटा फुट्छ ।’ उनले एकताको कुरा मिठो सुनिए पनि त्यसका लागि धेरै कुरा मिल्न जरुरी रहेको भन्दै एमालेको नीति, सिद्धान्त, विचार र नेतृत्वलाई स्वीकार गरिए मात्रै एकता सम्भव रहेको बताए ।

‘दुईवटा अध्यक्ष राखेर एकता हुँदैन’, अध्यक्ष ओलीको भनाइ छ ।

प्रकाशित मिति : ६ मंसिर २०८०, बुधबार  १ : ४७ बजे