Logo

Breaking News 1

माइतीघर मण्डलामा निषेधाज्ञा लगाउने निर्णयविरुद्ध रिटकाे सुनुवाइ आज



काठमाडौं । काठमाडौंको माइतीघर मण्डलामा निषेधाज्ञा लगाउने जिल्ला प्रशासन कार्यालय काठमाडौंको निर्णयविरुद्ध सर्वोच्चमा परेको रिटमा आज सुनुवाइ हुँदै छ ।

माइतीघरदेखि नयाँबानेश्वरसम्म निषेधाज्ञा लगाउने जिल्ला प्रशासन कार्यालय काठमाडौंको निर्णयविरुद्ध सर्वोच्चमा परेको रिटविरुद्ध सुनुवाइ हुन लागेको हो । अधिवक्ता प्रेमराज सिलवाल र भद्रप्रसाद नेपालले मंगलबार छुट्टाछुट्टै रिट निवेदन दायर गरेका थिए ।

संविधानले बिनाहातहतियार शान्तिपूर्ण भेला गर्ने अधिकार प्रत्याभूत गरेको भन्दै प्रशासनको निर्णय अन्तरिम आदेशबाट खारेज हुनुपर्ने उनीहरूको माग छ ।

मंसिर ७ गते मेडिकल व्यवसायी दुर्गा प्रसाईंको नेतृत्वमा एउटा पक्ष र नेकपा ९एमाले०को भ्रातृ संगठन राष्ट्रिय युवा संघको अगुवाइमा अर्को पक्षले प्रदर्शन गर्न खोजेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले माइतीघर मण्डला आसपास निषेधित क्षेत्र घोषणा गरेको छ ।

प्रकाशित मिति : ६ मंसिर २०८०, बुधबार  ७ : १२ बजे