Logo

धर्म / संस्कृति

आजको राशिफल २०८० मंसिर ६ गते



आज मिति २०८० मंसिर ६ गते, बुधबार, २२ नोभेम्बर २०२३। कार्तिक शुक्लपक्ष दशमी तिथि। पूर्वभाद्रपदा नक्षत्र। चन्द्रराशि कुम्भ, १३ः२६ बजेपछि मीन।

मेष राशि

मध्याह्नपछि बसाइको स्थानान्तरण वा टाढाको यात्रा हुने सम्भावना देखिन्छ। परिस्थितिजन्य समस्याले अलि दुस्ख पाइनेछ।

बृष राशि

आँटले काम बन्नेछ भने मिहिनेतले लक्ष्यमा पुर्याउनेछ। व्यापार बढ्नेछ र अड्किएको रकम पनि उठ्नेछ।

मिथुन राशि

दिउँसोदेखि स्थितिमा सुधार आउनेछ। मिहिनेतले कीर्तिमानी काम बन्नेछ। तर स्वयं पछि सर्दा आफ्ना कामबाट अरूले फाइदा उठाउनेछन्।

कर्कट राशि

पहिलेका चुनौतीहरू स्वतः हट्नेछन् भने अवसर तथा सफलताले पछ्याउनेछन्। मिहिनेत परे पनि भाग्यले सफलताको उचाइमा पुर्याउनेछ।

सिंह राशि

सुमधुर सम्बन्धका लागि व्यवहारमा ध्यान पुर्याउनुहोला। स्वास्थ्यमा कमजोरी देखापर्न सक्छ। प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला।

कन्या राशि

प्रेम र मित्रताको बन्धन कसिनेछ। परिवारजनको साथले उत्साह जगाउनेछ। अप्ठ्यारा परिस्थितिलाई सहज बनाउन सकिनेछ।

तुला राशि

आम्दानीका स्रोत पनि बढ्नेछन्। प्रतिस्पर्धामा विजयी भइनेछ। मिहिनेतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउन सक्छ।

बृश्चिक राशि

बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ। पहिलेको दुविधाले निर्णायक मोड लिनेछ। आम्दानीका स्रोत बढ्नेछन्।

धनु राशि

दिउँसोदेखि साथीभाइसँग केही सन्तुलित व्यवहार गर्नुपर्ला। बेसुरमा काम गर्ने बानीले समस्या पर्न सक्छ। शुभचिन्तकहरूको सहयोगले काम बन्नेछ।

मकर राशि

दिउँसोदेखि साथीभाइसँग केही सन्तुलित व्यवहार गर्नुपर्ला। बेसुरमा काम गर्ने बानीले समस्या पर्न सक्छ। शुभचिन्तकहरूको सहयोगले काम बन्नेछ।

कुम्भ राशि

विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउनेछ। अपराह्नतिर आयस्रोत पनि सबल बन्ने देखिन्छ। सानो प्रयत्नले दिगो काम प्रारम्भ गर्न सकिनेछ।

मीन राशि

दिउँसोदेखि परिस्थिति अनुकूल बन्नाले महत्त्वाकांक्षी काम गर्न सफल भइनेछ। तारिफयोग्य कामले प्रशंसक बढ्नेछन्। ज्ञान, कला र व्यक्तित्व निखार्ने समय छ।

प्रकाशित मिति : ६ मंसिर २०८०, बुधबार  ६ : ०० बजे