काठमाडौं । वावुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले माओवादी केन्द्रसँग पार्टी एकता गर्ने सर्वसम्मत निर्णय गरेको छ । मंगलबार केन्द्रीय कार्यालय आलोकनगरमा बसेको नेसपाको कार्यकारिणी बैठकले माओवादीसँग पार्टी एकता गर्ने सर्वसम्मत निर्णय गरेको हो ।
पार्टी एकताका लागि अध्यक्ष डाक्टर बाबुराम भट्टराईको नेतृत्वमा एकता समायोजन समिति बनाउने निर्णय समेत गरेको छ । एकता समायोजन समितिमा अर्का अध्यक्ष महिन्द्रराय यादव, सहअध्यक्ष गंगा श्रेष्ठ, महासचिव र उपाध्यक्ष दुर्गा सोव रहनेछन् ।
त्यस्तै पार्टीको नाम अहिले नेकपा (समाजवादी) बनाउने निर्णय समेत भएको छ । एकता प्रक्रिया सुरु भएपनि माओवादी केन्द्रले विशेष महाधिवेशनबाट माओवादी केन्द्र फुर्को हटाएपछि पार्टी एकीकरण घोषणा हुने बताइएको छ ।
प्रतिक्रिया