Logo

मुख्य समाचार

शान्ति प्रक्रियाका बाँकी काम छिटो पुरा गर्न दलका शिर्ष नेताबिच सहमति



काठमाडौं । प्रमुख राजनीतिक दलका शिर्ष नेताहरुबिच भेटवार्ता भएको छ ।

वालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबिच भेटवार्ता भएको हो । भेटवार्तामा विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गरेकामध्ये प्रमुख तीन राजनीतिक दलले शान्ति प्रक्रियाको बाँकी काम जतिसक्दो छिटो सक्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

’विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर भएको दिनको सन्दर्भमा आज शान्ति सम्झौताका मुख्य साझेदार दल मध्यका तीन नेताहरूको बालुवाटारमा महत्त्वपूर्ण छलफल भएको छ,’ भेटबारे प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले भने, ‘शान्ति प्रक्रियाका बाँकी काम छिटोभन्दा छिटो पूरा गर्न हामी एकताबद्ध र प्रतिबद्ध रहेको उहाँहरूले बताउनुभएको छ।’

प्रकाशित मिति : ५ मंसिर २०८०, मंगलबार  ८ : ५५ बजे