Logo

Breaking News 1

विकसित देशले गर्दा जलवायु परिवर्तनको असर नेपालले भोगिरहेको छ : मन्त्री महत



काठमाडौँ। अर्थमन्त्री डा.प्रकाशशरण महतले नेपालमा कार्बन उत्सर्जन शून्य बनाउन कुनै चुनौती नरहेको बताएका छन् । मंगलवार काठमाडौँमा आयोजना भएको राष्ट्रिय जलवायु सम्मेलनमा बोल्दै अर्थमन्त्री डा. महतले कार्बन उत्सर्जन कम गर्न नेपालको ४५ प्रतिशत वन जङ्गल बनाएको विषयलाई विश्वले प्रशंसा गर्नुपर्ने बताएका हुन् ।

महतले नेपालले जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्न अक्सिजन धेरै उत्पादन गर्ने र कार्बन उत्सर्जन कम गर्नको लागि ४५ प्रतिशत भू–भाग जङ्गलका रूपमा स्थापित गरिरहेको जिकिर गरे । अर्थमन्त्री महतले कार्बन उत्सर्जन कम गर्न सवारीसाधनहरू समेत विद्युतीयमा परिमार्जन भइरहेको उल्लेख गरे । उनले सन् २०४५ भित्र विशुद्ध शून्य कार्बन उत्सर्जनमा पुग्ने लक्ष्यमा विश्वले कुनै शङ्का नराख्न आग्रह गरे ।

मन्त्री महतले नेपालले जलवायु परिवर्तनको कारण भोगिरहेको समस्या कार्बन उत्सर्जन शून्य बनाउँदैमा मुक्त नहुने भन्दै अन्य विकसित देशले पनि पूरा गर्न आवश्यक रहेको बताए । उनले विकसित देशले उत्सर्जन गरेको कार्बनको कारण भएको जलवायु परिवर्तनको असर नेपालले भोगिरहेको उल्लेख गरे । 

प्रकाशित मिति : ५ मंसिर २०८०, मंगलबार  १ : ३३ बजे