Logo

मुख्य समाचार

१० दिनदेखि काशीको सुरुङमा फसेका मजदुरको भिडियो सार्वनिक, सबै सकुशल



काशी । विगत १० दिनदेखि सुरुङमा फसेका मजदुरको पहिलो भिडियो सार्बजनिक भएको छ । उत्तराखण्डको उत्तरकाशीस्थित सिल्कारा सुरुङमा १० दिनदेखि फसेका ४१ जना मजदुरको पहिलो फुटेज सार्वजनिक भएको हो ।

इन्डोस्कोपिक क्यामेरा आइतबार नयाँ ६ इन्च चौडा पाइपलाइनमार्फत भित्र पठाइएको थियो। यसैमार्फत मजदुरसँग वार्ता पनि भएको थियो । उनीहरुको आधिकारिक गणनासमेत गरिएको थियो ।

फुटेजमा देखिएका सबै कामदार अहिलेसम्म सकुशल नै रहेका छन् । उनीहरु सबै जना खुसी र हाँसिरहेका देखिएका छन् । अब उनीहरु सकुशल रहेको भिडियो बाहिर आए पछि उनीहरुको उद्धारमा गम्भिरतापुर्वक काम भईरहेको छ ।

प्रकाशित मिति : ५ मंसिर २०८०, मंगलबार  १० : ३३ बजे