Logo

Breaking News 1

हुथी बिद्रोहीले अपहरण गरेको कार्गो जहाज भारत आउँदै गरेको खुलासा



नयाँदिल्ली । यमनका हुथी विद्रोहीले अपहरण गरेको बिमान भारत आउँदै गरेको खुलेको हो । टर्कीबाट भारत आउँदै गरेको एउटा जहाज आइतबार अपहरण गरेको भारतीय मिडियाले जनाएका छन् । 

रेड सीमा बन्धक बनाएको ६२० फिट अग्लो कार्गो जहाजको नाम ग्यालेक्सी लिडर हो र यसमा २५ जना चालक दलका सदस्य रहेका छन् ।

घटना हुनुअघि हुथी समूहले इजरायली जहाजमाथि आक्रमण गर्ने चेतावनी दिएको थियो। हुथी विद्रोहीका प्रवक्ताले इजरायलको तर्फबाट यात्रा गर्ने सबै जहाजलाई निशाना बनाइने बताएका छन् । 

तर, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले उक्त जहाज आफ्नो नभएको र जहाजमा इजरायली वा भारतीय नागरिक नभएको बताएका छन् । कतारी मिडिया हाउस अलजजिराका अनुसार यो कार्गो जहाज बेलायतको हो र जापानी कम्पनीले सञ्चालन गरिरहेको थियो ।

इजरायल डिफेन्स फोर्स (आईडीएफ)का अनुसार बहामासको झण्डामुनि यात्रा गर्ने जहाज बेलायती कम्पनीको नाममा दर्ता भएको हो । इजरायली व्यापारी अब्राहम उनगर यसको आंशिक शेयरधारक हुन्। हाल यो जापानी कम्पनीलाई भाडामा दिइएको थियो ।

इजरायली विदेश मन्त्रालयका अनुसार जहाजमा युक्रेन, बुल्गेरिया, फिलिपिन्स र मेक्सिकोका नागरिक रहेका छन् । योसँगै इजरायली प्रधानमन्त्रीको कार्यालयले यसलाई आतंकवादी घटना भन्दै इरानलाई दोष दिएको छ ।

उही समयमा हुथी सेनाका प्रवक्ता याह्या सारीले भनेका छन् कि उनीहरूले जहाजमा रहेका सबै बन्धकहरूलाई इस्लामिक सिद्धान्त र विधिका साथ ह्यान्डल गरिरहेका छन्। उनीहरुले फेरि लाल सागरमा इजरायली जहाजलाई निशाना बनाउने धम्की दिएका छन् ।

प्रकाशित मिति : ५ मंसिर २०८०, मंगलबार  ९ : ३४ बजे