Logo

मुख्य समाचार

नेपाल-यमनबीच हुने खेल हेर्न जाने दर्शकलाई नि:शुल्क बसको व्यवस्था



काठमाडौं । नेपाल र यमनबीचमा फुटबल प्रतिस्पर्धा हुँदै छ । आज साँझ ७ बजेबाट खेल सुरु हुने भएकाले फर्कन असहज नहोस् भनेर १५ वटा बस निःशुल्क सञ्चालन गर्ने भएको छ । फिफा विश्वकप २०२६ छनोटको दोस्रो चरण अन्तर्गत दोस्रो खेलमा नेपालले यमनसँग प्रतिस्पर्धा गर्न लागेको हो ।

‘एन्फाले यमन विरुद्धको खेलपछि फ्यानहरूलाई घर फर्कनका लागि १५ वटा बसको व्यवस्था गरेको छ,’ एन्फाले सोमबार साँझ भनेको छ, ‘फ्यानहरूले बसमा यात्रा गर्न आफ्नो खेलको टिकट देखाउनुपर्छ।’

अखिल नेपाल फुटबल संघ ९एन्फा०का अनुसार सो खेल साँझ ७ बजेदेखि दशरथ रंगशाला, त्रिपुरेश्वरमा हुनेछ । आजको खेलका लागि ४ सय र १ हजारका दरले टिकट खुलाइएको छ ।

प्रकाशित मिति : ५ मंसिर २०८०, मंगलबार  ९ : १० बजे