Logo

Breaking News 1

दाङमा दाजुभाइ मृत फेला



काठमाडाैं । दाङको तुलसीपुर-६ गाइडहरमा एकैघरका दुई दाजुभाइ मृत फेला परेका छन् । तुलसीपुर उपमहानगरपालिका १६ डोक्रेना घर भई तुलसीपुर ६ गाइडहरमा कोठा भाडामा बस्दै आएका ३४ वर्षीय पूर्णबहादुर बस्नेत र उनका सहोदर भाइ ३० वर्षीय टेकबहादुर बस्नेत मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार मृतकमध्ये कान्छा भाइ टेकबहादुरकी श्रीमतीले आँफू रुकुम पश्चिमस्थित माइती गएको हुँदा त्यहाँबाट नफर्किदासम्म ढोका नखोल्न आग्रह गरेको हुँदा प्रहरीले बाहिरबाटै सुरक्षा दिएको छ ।

प्रारम्भिक अनुसन्धानबाट दाजु भाइले बिषादी सेवन गरी आत्महत्या गरेको प्रहरीको आशंका छ ।

प्रकाशित मिति : ५ मंसिर २०८०, मंगलबार  ८ : ३० बजे