Logo

मुख्य समाचार

प्यालेस्टाइनी बालबालिका र सर्वसाधरणको हत्या निन्दनिय : महासचिव



न्युयोर्क । संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेर्रेसले प्यालेस्टाइन माथी इजरायली हमलाका कारण सर्बसाधरण मारिएकोमा निन्दा गरेका छन् । अल जजीराको एक प्रश्नको जवाफ दिँदै एन्टोनियो गुटेर्रेसले इजरायलले गाजामा गरेको बमबारीमा हजारौं नागरिकको ज्यान गएकोमा निन्दा गरेका हुन् ।

संयुक्त राष्ट्र प्रमुखले भने, ‘यो स्पष्ट छ कि केही हप्तामा हजारौं बालबालिका मारिएका छन्।’ संयुक्त राष्ट्र संघमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘यो महत्वपूर्ण कुरा हो, म महासचिव भएदेखि कुनै पनि द्वन्द्वमा अतुलनीय र अभूतपूर्व भएको सर्वसाधारणको हत्या देखिरहेका छौं।’

गुटेरेसको पहिलो पाँच वर्षे कार्यकाल जनवरी २०१७ मा सुरु भएको थियो। गाजामा इजरायली आक्रमणमा कम्तीमा ५ हजार ५ सय बालबालिकासहित १३ हजार मानिस मारिएका छन् ।

इजरायली घेराबन्दीमा रहेका प्यालेस्टाइनी अधिकारीका अनुसार गाजा क्षेत्रमा मानवीय संकट डरलाग्दो छ, त्यहाँ तत्काल युद्दबिरामको आवाश्यक परेको छ ।

प्रकाशित मिति : ५ मंसिर २०८०, मंगलबार  ७ : १९ बजे