Logo

धर्म / संस्कृति

आजको राशिफल २०८० मंसिर ५ गते



आज मिति २०८० मंसिर ५ गते, मंगलबार, २१ नोभेम्बर २०२३। कार्तिक शुक्लपक्ष नवमी तिथि। शतभिषा नक्षत्र। चन्द्रराशि कुम्भ।

मेष राशि

आवश्यकता पूरा गर्न सरसापट लिनुपर्ने हुन सक्छ। आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। तर परिश्रम परे पनि कम प्रतिफलमा चित्त बुझाउनुपर्ला।

बृष राशि

विशिष्ट व्यक्तिको सहयोग जुट्नाले महत्त्वाकांक्षी काम बन्न सक्छ। समाजमा तारिफयोग्य काम गर्दै नाम र दाम कमाउने अवसर प्राप्त हुनेछ।

मिथुन राशि

मिहिनेतले आफ्नो क्षेत्रमा प्रभाव जमाउन सकिनेछ। सामाजिक दायित्व बढ्नेछ। प्रयत्न गर्दा दिगो कामको जग बसाउन समेत सफल भइनेछ।

कर्कट राशि

जटिल काममा पनि प्रयत्न गर्दा सकारात्मक संकेत प्राप्त हुनेछ। मिहिनेत गर्दा अप्ठ्यारो परिस्थितिमा पनि केही काम बन्नेछन्।

सिंह राशि

टाढिएका साथीभाइसँग भेटघाट हुनेछ। तर आतिथ्य भने अलि खर्चिलो बन्ने देखिन्छ। विलासी वस्तुका लागि पनि फजुल खर्च बढ्न सक्छ।

कन्या राशि

स्वास्थ्य सबल रहनेछ भने शत्रुहरू परास्त हुनेछन्। व्यापारलगायत आर्थिक लाभ हुने काम प्रारम्भ हुनेछ। महत्त्वाकांक्षी कार्य शुभारम्भ गर्ने समय छ।

तुला राशि

प्रतीक्षा गरिएको नतिजा सबल रहनेछ। गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायी बन्नेछ। पछि लाभ हुने काम प्रारम्भ हुनेछ।

बृश्चिक राशि

अन्योलमा मान्यजनको सुझाव शिरोधार्य गर्दा सामान्य लाभ हुनेछ। रोकिएका काम दोहोर्याउनुपर्ला। आफ्नो प्रतिफलबाट अरूले फाइदा उठाउन सक्छन्।

धनु राशि

साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन्। पछिसम्म लाभ हुने काम प्रारम्भ हुनेछ। व्यापारमा मनग्य धनलाभ हुनेछ। सेवामूलक कामबाट प्रतिष्ठा मिल्नेछ।

मकर राशि

सानो प्रयत्नले फाइदा बढ्नेछ। व्यापारमा पनि प्रशस्त लाभ हुनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। दाम र नाम कमाउने समय छ।

कुम्भ राशि

बिछोडिएका परिवारजनसँग रमाइलो भेटघाट हुनेछ। स्वादिष्ट भोजनको आनन्द लिने अवसर जुट्नेछ। सुन्दर पहिरनले व्यक्तित्व आकर्षित बन्नेछ।

मीन राशि

केही खर्च लागे पनि यात्राको प्रक्रिया अघि बढ्नेछ। तर, आफ्नाबाटै टाढिनुपर्ने परिस्थिति पनि आउन सक्छ।

प्रकाशित मिति : ५ मंसिर २०८०, मंगलबार  ६ : ०२ बजे