Logo

मुख्य समाचार

माइतीघरमा दुर्गा प्रसाई र युवा संघलाई कार्यक्रम गर्न नदिने सरकारको तयारी



काठमाडौं । मंसीर ७ गतेका लागि युवा संघ र दुर्गा प्रसाईंले घोषणा गरेका कार्यक्रम एकैठाउँमा गर्न प्रशासनले नदिने भएको छ ।

दुवै पक्षले ७ मंसिरमा बिहान ११ बजे काठमाडौंको माइतीघर मण्डलबाट शक्ति प्रदर्शन गर्ने निर्णय गरेका थिए । तर, शान्ति सुरक्षाको अवस्था मध्यनजर गरेर दुवै पक्षलाई एकैठाउँमा कार्यक्रम गर्न नदिने निर्णय भएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ ।

दुबै पक्षलाई वैकल्पिक स्थानका रुपमा तीनकुने, खुलामञ्च, नारायण चौर, माछापोखरी, कीर्तिपुर लगायतका क्षेत्रमध्ये एक रोज्न भनिएको बताइएको छ ।

यसअघि आजै गृह मन्त्रालयले उपत्यकाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा अधिकारीहरुसँग सुरक्षा अबस्थाबारे छलफल गरेको थियो ।

प्रकाशित मिति : ३ मंसिर २०८०, आइतबार  ८ : १९ बजे