Logo

मुख्य समाचार

प्रधानमन्त्रीले अराजकता फैलाएको शेखर कोइरालाको आरोप



काठमाडौं । कांग्रेस नेता डाक्टर शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकमा अराजकता फैलाइरहेको आरोप लगाएका छन् ।

विराटनगरमा भएको कार्यक्रममा कोइरालाले दाहाल आफैं प्रधानमन्त्री भएर सडकमा लाखौं मान्छे उतार्ने लगायतका अभिव्यक्ति दिएर मुलुकमा अराजकता फैलाउन खोजेको बताएका हुन् ।

उनले मुलुकमा भ्रष्टाचार, दण्डहिनता नियन्त्रण र सुशासन कायम गर्नबाट राज्य चुकेका कारण आमसर्वसाधारण निरास बनेको बताए ।

प्रकाशित मिति : २ मंसिर २०८०, शनिबार  ११ : ११ बजे