Logo

Breaking News 1

महिला टी–२० : नेपालद्वारा जापान पराजित



काठमाडौं । महिला टी–२० सिरिजअन्तर्गत नेपालले समूह चरणको अन्तिम खेलमा जापानलाई पराजित गरेको छ । नेपाल र जापान जारी सिरिजको उपाधि भिडन्तबाट बाहिरिसकेका छन् ।

११४ रनको लक्ष्य पछ्याएको जापानले २० ओभर  खेल्दै १० विकेट गुमाएर ४६ रनमात्रै बनाएपछि नेपाल ६७ रनले विजयी भएको हो ।

पहिले ब्याटिङ गरेको नेपालले चार विकेट गुमाएर ११३ रन बनाएको थियो । नेपालका लागि रुबिना क्षेत्रीले सर्वाधिक ३८ रन बनाइन् । यस्तै, कप्तान इन्दु बर्माले २७, पूजा महतोले १३ र सीता रानामगरले ९ रनको योगदान गरे ।

जापानकी एलिना कुसुदा नायरनले दुई, मेग गावा र अयुमी फुजिकावाले एक/कए विकेट लिएका थिए । महिला टी–२० सिरिजमा आयोजक हङ्कङसँगै नेपाल, तान्जानिया र जापान सहभागी छन् ।

आईसीसी वरीयतामा तान्जानिया १९औं, नेपाल २१औँ, हङ्कङ २२औँ र जापान ५१औं स्थानमा छन् । तान्जानिया र हङकङले उपाधि जित्नका लागि खेल्ने छन् ।

प्रकाशित मिति : २ मंसिर २०८०, शनिबार  १० : ३० बजे