Logo

Breaking News 1

धनगढीमा भिषण आगलागी, एक मेडिकलसहित ८ पसलमा क्षति



धनगढी । कैलालीको धनगढीमा गएराति भिषण आगलागी भएको छ । आगलागीबाट एक मेडिकलसहित ८ वटा पसलमा क्षति पुगेको छ ।  

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार गएराति एक बजेदेखि शुरु भएको सो आगलागी अहिले पूर्णरुपमा निभाईएको छ, जसका लागि दुई वटा दमकल र सुरक्षाकर्मीको टोली खटिएका थिए । 

बिजुली सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान प्रहरीले गरेको छ । आगो निभाउने र आगलागीबाट भएको क्षतिको विवरण सङ्कलन गर्ने काम भइरहेको छ ।

प्रकाशित मिति : २ मंसिर २०८०, शनिबार  ९ : ३३ बजे