Logo

Breaking News 1

ललितपुर प्रहरीद्धारा जुवाडेबाट ३३ लाख बढी रकम बरामद


३० कार्तिक २०८०, बिहिबार  

69
Shares

ललितपुर। ललितपुर प्रहरीले जुवाडेबाट ३३ लाख २२ हजार बढी बरामद गरेको छ । 

ललितपुर प्रहरीले गरेको बिशेष छापाको क्रममा दसैँ र तिहारमा जुवातास खेल्नेबाट ३३ लाख २२ हजार रुपैयाँ बरामद गरेका हो । 

सोही क्रममा प्रहरीले ६७ जना जुवाडेलाई पक्राउ गरिएको ललितपुर प्रहरी प्रमुख एसएसपी सिद्धिविक्रम शाहले जानकारी दिएका छन । उनका अनुसार पारिवारिक मनोरञ्जनबाहेक पैसाका खाल जमाएर जुवातास खेल्ने समुहमा छापा मार्दा पाँच दर्जन बढी पक्राउ गरिएको हो । 

यसरी पक्राउ पर्नेमा ५१ जना पुरुष र १६ जना महिला रहेका छन ।
 

प्रकाशित मिति : ३० कार्तिक २०८०, बिहिबार  ४ : १४ बजे