Logo

Breaking News 1

चीनमा कोइला खानी भवनमा आगलागी हुदाँ ११ को मृत्यु


३० कार्तिक २०८०, बिहिबार  

69
Shares

बेइजिङ। चीनमा आगलागीमा परी हालसम्म ११ जनाको मृत्यु भएको छ । 

चीनको लुलियाङ प्रान्तको शान्सी प्रान्तमा रहेको एक कोइला कम्पनीको भवनमा आगलागी हुँदा ११ जनाको मृत्यु भएको हो  ।

यो घटना स्थानिय समय अनुसार बिहान करिब ७ बजेको हो। 

उक्त घटनापछि हालसम्म भवनबाट ६३ जनालाई बाहिर निकालिएको छ, जसमध्ये ५१ जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । 

घटनास्थल नजिकै उद्धार कार्य जारी छ । आगलागीको कारणबारे अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : ३० कार्तिक २०८०, बिहिबार  ११ : ४९ बजे