Logo

Breaking News 1

केन्यामा बाढीका कारण ४६ जनाको मृत्यु


३० कार्तिक २०८०, बिहिबार  

69
Shares

काठमाडौं । केन्यामा बाढीका कारण ४६ जनाको मृत्यु भएको छ । केन्यामा अल निनो वर्षाका कारण कम्तीमा ४६ जनाको मृत्यु भएको छ भने हजारौँ विस्थापित भएका छन् । आन्तरिक क्याबिनेट सचिव किथुरे किन्डिकीले अधिकांशको मृत्यु बाढीका कारण भएको बताएका हुन् ।

सबैभन्दा बढी प्रभावित क्षेत्रहरू उत्तरी केन्याको वाजिर, गारिसा र मन्डेराका साथै पूर्वीमा माकुएनी, कितुई पश्चिमी केन्याको होमा खाडी किसुमु रहेका छन् । केन्या सरकारले गारिसा, कितुई ताना नदी नामक तीन काउन्टीहरूमा नयाँ अलर्ट जारी गरेको छ ।

ताना र आठ नदी विकास पाधिकण ९टार्डा०ले लगातारको अविरल वर्षाका काण दुईवटा जलाशयमा पानीको बहाव पाँच मिटरभन्दा माथि पुगेको र कुनैपनि बेला थप बाढी आउन सक्ने चेतावनी दिएको छ । केन्याको मौसम विभागले जनवरीसम्म वर्षा हुने आँकलन गरेको छ ।

प्रकाशित मिति : ३० कार्तिक २०८०, बिहिबार  ११ : १४ बजे