काठमाडौं । कांग्रेस महामन्त्री गगन थापाले टिकटक बन्द गर्ने निर्णयबारे प्रधानमन्त्री पुष्पकमल दाहालले राखेका भनाइमाथि असहमति जनाएका छन्।
मंगलबार प्रधानमन्त्री दाहालले सत्तापक्ष, प्रतिपक्ष सबैको सहमतिमा टिकटक बन्द गरिएको आशय व्यक्त गरेका थिए । जवाफमा महामन्त्री थापाले पूर्वप्रधानमन्त्रीहरूको क्लबको बन्द कोठाका बैठकमा हुने सम्झौता पार्टीहरूको बीचमा भएको सहमति नहुने बताएका छने् ।
उनले पार्टी प्रमुखहरू बसेर गर्ने यस्ता लहडी निर्णय र सम्झौताको भारी आफूहरू नबोक्ने र पार्टीले पनि बोक्न नसक्ने उल्लेख गरेका छन् ।
प्रतिक्रिया