Logo

Breaking News 1

माओवादी नेता भन्छन्–टिकटक बन्द तालिवानी मानसिकताको उपज


२८ कार्तिक २०८०, मंगलबार  

69
Shares

काठमाडौँ। नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य लक्ष्मण पन्तले सामाजिक सञ्जाल टिकटक बन्द गर्ने सरकारको निर्णयको विरोध गरेका छन् । 

माओवादी निकट इटर्नी नेपालका इन्चार्जसमेत रहेका उनले टिकटक बन्द गरेर इण्डो– अमेरिकन लबी खुसी भएपनि सारमा यो तालिवानी मानसिकताको उपज भएको टिप्पणी गरेका छन् । 

‘टिकटक बन्द गरेर इण्डो–अमेरिकन लबी त खुसी होला , तर यो तालिनी मानसिकताको उपज हो’, उनले सामाजिक सञ्जालमा सरकारको कदमको आलोचना गर्दै भनेका छन् । 

उनले अगाडि भनेका छन्, ‘सामाजिक राजनीतिक जीवनका कुन क्षेत्रमा विकृति छैन ? के सबै बन्द गरिदिन सम्भव छ श्रीमान् सरकार ?’

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले टिकटक बन्द गर्ने निर्णय गरेको थियो । यो निर्णयबारे तीव्र बहस भइरहेको छ।

प्रकाशित मिति : २८ कार्तिक २०८०, मंगलबार  ५ : २१ बजे