Logo

Breaking News 1

टिकटक बन्द गर्ने निर्णयको चौतर्फी विरोध, सरकार भने बचाउमा


२७ कार्तिक २०८०, सोमबार  

23
Shares

काठमाडौँ । टिकटक प्रतिबन्ध लगाउने सरकारको निर्णय विवादमा तानिएको छ । सरकारको निर्णयको कांग्रेस महामन्त्री गगन थापा, अर्का महामन्त्री विश्वप्रकाश शर्मादेखि एमाले महासचिव शंकर पोखरेल र रास्वपा सभापति समेत रहेका सांसद रवि लामिछानेसम्म रहेका छन् ।

सत्ता गठबन्धनको मुख्य घटक नेपाली कांग्रेसका महामन्त्री गगन थापाले टिकटक प्रतिबन्धको निर्णय गरेर सरकार उल्टो कदम हिँडेको टिप्पणी गरेका छन्।

कांग्रेसकै अर्का महामन्त्री एवं सांसद विश्वप्रकाश शर्माले ‘गर्धनमा पिलो आयो भने गर्धन नै काट्ने प्रधानमन्त्रीज्यू’भनेर प्रश्न गरेका छन्।

पूर्वसञ्चारमन्त्री एवं एमाले सांसद गोकुल बाँस्कोटाले व्यंग्यात्मक शैलीमा हालका सत्तापक्षका नेताहरूलाई लोकतन्त्र खतरामा परेको नलागेको भए आफ्नो आपत्ति नरहेको उल्लेख गरेका छन् ।

‘यो निर्णय गर्ने सत्ताधारी दलकै कयौं नेताहरू भ्रष्ट होलान्। के अब पार्टी नै बन्द गरिदिने हो तरु,’ रास्वपा सभापति रवि लामिछानेले भनेका छन्, ‘मूलधारले ढोका बन्द गरेका कयौं प्रतिभाहरू सामाजिक सञ्जालबाट उदाए, मूलधारले लुकाएका कयौं समाचार सामाजिक सञ्जालले उजागर गरे, सामाजिक सञ्जालले फैलाएका कयौं अफवाहलाई मूलधारले फेक प्रमाणीकरण गरे। अहिलेको युगमा सामाजिक सञ्जाल मिडियाको विकल्प सुधारिएको सोसियल मिडिया हो।’

प्रकाशित मिति : २७ कार्तिक २०८०, सोमबार  १० : ३९ बजे