Logo

Breaking News 1

सरकारले भूकम्प पीडितलाई युद्धस्तरमा सेवा दिनुपर्छ : झलनाथ खनाल


२७ कार्तिक २०८०, सोमबार  

69
Shares

काठमाडौँ। सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले पश्चिम नेपालका भूकम्प पीडितका लागि आवश्यक सेवा उपलब्ध गराउने कामलाई युद्धस्तरमा अघि बढाउन सरकारसँग माग गरेका छन्।

जाडोले कठ्यांग्रिएर भूकम्प पीडितहरु मर्नुपरेको दुर्भाग्यपूर्ण समाचार आफूले सुनेको उल्लेख गर्दै सम्माननित नेता खनालले त्यस्तो अवस्था आउन नदिने गरी उनीहरुको सेवामा सरकार युद्धस्तरमा लाग्नुपर्ने बताएका हुन् । सोमबार काठमाडौँको डल्लुस्थित आफ्नै निवासमा आयोजित देउसी भैलो कार्यक्रममा बोल्दै उनले कतिपय पीडितले अहिले पनि राहत र उद्धार पाउन नसकिरहेको उल्लेख गर्दै त्यसको आवश्यक व्यवस्था मिलाउन पनि सरकारलाई सचेत गराए ।

सम्मानित नेता खनालले तिहारलाई दिदीबहिनी र दाजुभाईबीचको सम्बन्धलाई आत्मीय बनाउने रमाइलो चाडको रुपमा पनि चित्रण गरे ।

प्रकाशित मिति : २७ कार्तिक २०८०, सोमबार  ३ : ४४ बजे