Logo

Breaking News 1

आगलागी हुँदा प्रहरीसहित २८ जना घाइते, गम्भीर घाइतेको उपचार हुँदै


२७ कार्तिक २०८०, सोमबार  

46
Shares

मोरङ । मोरङको उर्लाबारी ७ स्थित सुन पसलमा आगलागी हुँदा प्रहरीसहित २८ जना घाइते भएका छन् । आगोको लप्काले भेट्दा जलेर गम्भीर घाइते भएकाहरुको झापा र मोरङका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

दीपक कार्कीको घरमा भएको आगलागीमा परी ४ प्रहरी र २४ जना सर्वसाधारणसहित २८ जना घाइते भएका छन् । प्रहरीतर्फ एकजना असई, एक जना हबल्दार र दुई जना जवान घाइते भएका प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २७ कार्तिक २०८०, सोमबार  १० : २९ बजे