Logo

मुख्य समाचार

कालीगण्डकीबाट २० लाखको फूल निर्यात


२७ कार्तिक २०८०, सोमबार  

23
Shares

गल्याङ । स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले रु २० लाख रुपैयाँको सयपत्री फूल निर्यात गरेको छ । गाउँपालिकाभित्रका विभिन्न कृषकले उत्पादन गरेको फूललाई संकलन गरी पोखरा, बुटवल र काठमाडौं निर्यात गरिएको थियो ।  

कृषि शाखा प्रमुख अनुप पौडेलले हालसम्म २० लाख बराबरको फूल निर्यात भइसकेको जानकारी दिए । उनले फूलखेतीका लागि पालिकाभित्रका सात वडाका १६ कृषक तथा समूहलाई ५० प्रतिशत अनुदान उपलब्ध गराएको बताए । उनले तिहार अवधिभर पालिकाभित्र अनुदान पाएका र नपाएका कृषकको २५ लाख बराबरको सयपत्रीका फूल निर्यात हुने दाबी गरे । 

नअनुसार पालिकाभित्र अनुदान लिएर गरेका फूलखेतीमध्ये धरादीका हीरामणि सुवेदी, लसर्गाबेँसीकी पुष्पासिंह राना, बाँसटारीका रविलाल गौडेल, लालप्रसाद न्यौपाने, इम्सिलका कासीराम न्यौपाने र बारीचौरका घनबहादुरको समूह खेती उत्कृष्ट रहेको बताए । उनले फूलखेती हरेक कृषकलाई निःशुल्क परामर्श र प्राविधिक सहयोग गरेको बताए । 

कृषि शाखा प्रमुख पौडेलले जुनसुकै मौसममा पनि फुल्ने क्रमा जातको ‘हाइब्रिड’ सयपत्री फूलखेती गर्न कृषकलाई आफूहरुले सिफारिस गरेको बताए । उनले सयपत्री फूल कृषकले बिक्री गर्न नसकेमा बजारीकरणका लागि पालिकाले सहयोग गरिरहेको बताए । उनले अघिल्ला दुई वर्ष पाँच प्रदेशका केही ठूला पुष्प व्यापारीको समन्वयमा पालिकाभित्र उत्पादन भएको सयपत्री फूल बिक्री गरेको बताए ।

प्रकाशित मिति : २७ कार्तिक २०८०, सोमबार  ९ : २८ बजे