Logo

मुख्य समाचार

भलेन्सियामाथि रियल म्याड्रिड ५-१ ले विजयी


२६ कार्तिक २०८०, आइतबार  

46
Shares

काठमाडौं । स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिडले भलेन्सियालाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा रियल म्याड्रिडले भलेन्सियालाई ५-१ गोल अन्तरले पराजित गरेको हो ।

रियल म्याड्रिडको जितमा भिनिसियस जुनियर र रोड्रीगोले २-२ गोल गरेका थिए भने डानी कार्भाजलले एक गोल गरेका थिए । त्यसैगरी भलेन्सियाका लागि हुगो डुरोले एक गोल फर्काएका थिए ।

यो जितपछि रियल म्याड्रिडको १३ खेलमा ३२ अंक भएको छ र लिगको दोस्रो स्थानमा रहेको छ । त्यस्तै लिगको शिर्ष स्थानमा भने गिरोना रहेको छ । गिरोनाको १३ खेलमा ३४ अंक रहेको छ ।

त्यसैगरी भलेन्सियाको भने यो हारपछि १३ खेलमा १८ अंक रहेको छ र लिगमा नवौं स्थानमा छ ।

प्रकाशित मिति : २६ कार्तिक २०८०, आइतबार  ७ : ३५ बजे