Logo

समाचार

बालकृष्ण समको घरमा पुगे मेयर बालेन साह


२४ कार्तिक २०८०, शुक्रबार  

23
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले बालकृष्ण समको पुरानो घर राष्ट्रको सम्पत्तिको रुपमा संरक्षण गर्नुपर्ने, मर्मत सम्भार गर्नु पर्ने बताएका छन् ।

आज कमलपोखरीस्थित बालकृष्ण सम जन्मिएका अवलोकन गर्दै मेयर शाहले संस्कृति, परम्परा र सम्पदा बचाउने, सहरी क्षेत्रमा खुला स्थान जोगाउने र बढाउने कामलाई प्राथमिकता दिएको बताए ।

प्रमुख शाहसँग सहरी योजना आयोगका उपाध्यक्ष राजभण्डारी, सल्लाहकार कुमार व्यञ्जनकार, आयोगका सदस्य बाबुराम भट्टराई, सुरज काफ्ले, शिक्षा विभागका प्रमुख सीताराम कोइरालासहित अधिकारीहरु सहभागी थिए ।

प्रकाशित मिति : २४ कार्तिक २०८०, शुक्रबार  १० : ३५ बजे