Logo

Breaking News 1

ट्राफिक प्रहरीद्वारा १८ वटा सवारीसाधन हस्तान्तरण


२४ कार्तिक २०८०, शुक्रबार  

69
Shares

काठमाडौं। विभिन्न मितिमा हराएका १८ वटा दुईपाङ्ग्रे सवारीसाधन खोजी गरी काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ । सोही कार्यालयमा शुक्रबार आयोजित कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले १२ वटा मोटरसाइकल र ६ ओटा स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण गरेका हुन् ।  

कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक भट्टले हराएका सवारीसाधन खोजतलास र चोरी नियन्त्रण कार्य निरन्तर हुँदै आएको बताए । सवारी धनी स्वयम् पनि विशेष सजग हुनुको साथै सुरक्षित स्थानमा पार्किङ गर्ने, ह्वील लक, चेन लक, ह्यान्डिल लक, डिस्क लक, सुरक्षा साइरनहरू जडान लगायतका विभिन्न उपायहरू अवलम्बन गर्न उनले आग्रह गरे ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा प्राप्‍त ८३२ ओटा निवेदनको आधारमा खोजी गर्ने क्रममा फेला परेका १७७ मध्ये १३४ वटा सवारीसाधन चालु आर्थिक वर्षमा ट्राफिक प्रहरीले धनीलाई जिम्मा लगाएको छ । चालु आर्थिक वर्षमै चोरीका ११ ओटा मोटरसाइकलसहित संलग्न १३ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान तथा कारबाहीका लागि विभिन्न प्रहरी कार्यालयमा पठाएको छ । 

प्रकाशित मिति : २४ कार्तिक २०८०, शुक्रबार  ५ : ५४ बजे