काठमाडौं । सामाजिक सञ्जाल फेसबुक, टिकटक, युट्युबलगायतका प्लेटफर्महरु अब नेपालमा दर्ता नभए सरकारले नेपालमा हेर्न वा प्रयोग गर्न नमिल्ने बनाउन सक्ने गरी सरकारले सामाजिक सञ्जाल सञ्चालन निर्देशिका स्वीकृत गरेको छ ।
सामाजिक सञ्जालमार्फत अराजतकता बढेपछि त्यस्ता प्लेटफर्मलाई नेपालको कानूनप्रति जवाफदेही बनाउने सामाजिक सञ्जाल सञ्चालन निर्देशिका २०८० बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेको हो ।
सामाजिक सञ्जाल सञ्चालनसम्बन्धी निर्देशिकामा सामाजिक सञ्जाल प्लेटफर्म सञ्चालन गर्ने व्यक्ति वा संस्थाले निर्देशिकाबमोजिम मन्त्रालयमा सूचीकरण गर्नुपर्ने उल्लेख छ ।
निर्देशिका प्रारम्भ हुनुअघि सञ्चालनमा रहेका सामाजिक सञ्जाल प्लेटफर्म तीन महिनाभित्र मन्त्रालयमा सूचीकरण हुनुपर्ने, सूचीकृत नभएका सामाजिक सञ्जाल प्लेटफर्मलाई मन्त्रालयले जुनसुकै बखत बन्द गर्नसक्ने उल्लेख छ ।
प्रतिक्रिया