Logo

समाचार

अभिनेत्री दिपाशा बिसीको निधन


२३ कार्तिक २०८०, बिहिबार  

69
Shares

काठमाडौं। अभिनेत्री दिपाशा बिसीको निधन भएको छ । स्वास्थ्यमा समस्या भएपछि अस्पताल भर्ना भएकी उनको बिहीबार उपचारकै क्रममा मृत्यु भएको हो । 

स्वास्थ्यमा समस्या भएपछि २८ वर्षीया अभिनेत्री बिसी बुधबार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी थिइन् । तर, बिहीबार दिउँसो अस्पतालले उनलाई मृत घोषणा गरेको हो । 

२०६८ सालमा फिल्म ‘दुलही रानी’बाट चलचित्र क्षेत्रमा डेब्यु गरेकी उनले बिरानो माया, चाल, दुलही रानी र झेली फिल्ममा अभिनय गरेकी छिन् । उनी ‘जलपरी’ नामले समेत मोडलिङ र फिल्ममा परिचित थिइन् । 
 

प्रकाशित मिति : २३ कार्तिक २०८०, बिहिबार  ३ : ५५ बजे