Logo

Breaking News 1

एन्फा अध्यक्ष पंकज जोगिए, अविश्वासको प्रस्ताव असफल


२३ कार्तिक २०८०, बिहिबार  

69
Shares

काठमाडौँ। मकवानपुरको हैटौँडामा भएको अखिल नेपाल फुटबल संघको विशेष साधारणसभामा अध्यक्ष पंकज नेम्वाङ र महासचिव किरण राईविरुद्ध ल्याइएको अविश्वासको प्रस्ताव असफल भएको छ । बिहीबार भएको मतदानमा अविश्वासको प्रस्ताव असफल भएको हो ।

कुल ८७ संस्थाका प्रतिनिधिसँग मताधिकार रहेको उक्त निर्वाचनमा ३४ मत भने खसेन । कुल ५३ मत खसेकोमा १ मत बदर भएको छ भने अध्यक्ष हटाउने प्रस्तावको पक्षमा ० मत र विपक्षमा ५२ खसेको छ ।

प्रकाशित मिति : २३ कार्तिक २०८०, बिहिबार  २ : ५९ बजे