Logo

समाचार

एटिएम मेसिन तोडफोड गरेको आराेपमा एकजना पक्राउ


२२ कार्तिक २०८०, बुधबार  

184
Shares

कास्की। पोखरा महानगरपालिका-८ सभागृह हल अगाडि रहेको नबिल बैंकको एटिएम मेसिन तोडफोड गरेको अभियोगमा भारत बिहार घर भई हाल पोखरा महानगरपालिका-९ नयाँबजार बस्ने २० वर्षीय रवि ठाकुर पसीलाई  प्रहरीले पक्राउ गरेको छ ।

पसीले एटिएम मेसिनको पैसा निस्कने ठाउँ र बक्सको बाहिरी लकमा फलामको रड छिराई क्षति पुर्‍याएको भन्ने सूचना प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट सभागृहबाट खटिएको प्रहरीले एटिएम बुथ नजिकै भाग्दै गरेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । उनको साथबाट पेचकस १  थान, रड १ थान र कैँची १ थान बरामद भएको छ । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएकाे छ । 

प्रकाशित मिति : २२ कार्तिक २०८०, बुधबार  ४ : ५५ बजे