Logo

Breaking News 1

एमालेको सचिवालय बैठक जारी


२२ कार्तिक २०८०, बुधबार  

69
Shares

काठमाडौं। नेकपा एमालेको सचिवालय बैठक बसिरहेको छ ।

केन्द्रीय कार्यालय च्यासलमा जारी बैठकमा जाजरकोट भूकम्पले पुर्याएको क्षति, आगामी केन्द्रीय कमिटी बैठकका एजेण्डा लगायतका विषयमा छलफल हुने बताइएको छ ।

नेकपा एमालेको केन्द्रीय कार्यालय सचिव डा. भिष्म अधिकारीले बैठकमा केन्द्रीय कमिटीको एजेण्डा तय गर्ने, मध्यपहाडी लोकमार्ग भएर सञ्चालन हुने अभियानको कार्यक्रम तय गर्ने लगायतबारे छलफल गर्न बैठक बसेको जानकारी दिए ।

आगामी मंसिरमा एमालेले धनगढीमा केन्द्रीय कमिटी बैठक बोलाएको छ । त्यसलगत्तै मध्यपहाडी लोकमार्ग भएर अभियान सञ्चालन गर्दैछ ।

प्रकाशित मिति : २२ कार्तिक २०८०, बुधबार  १ : ४२ बजे