काठमाडौं । सरकारले दुई अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई पूर्व घोषित नगद पुरस्कार प्रदान गरेको छ ।
आइसिसी क्रिकेट विश्वकप लिग– २ अन्तर्गत गत फागुन २५ देखि चैत २ गतेसम्म नेपाल, युएइ र पपुवा न्युगिनीबीच काठमाडौंमा भएको प्रतियोगिता खेलेका खेलाडीहरुलाई जनही २ लाख प्रदान गरेको हो ।
त्यस्तै गत बैशाख ५ देखि १८ गतेसम्म भएको नेपालसहित १० राष्ट्र सम्मिलित एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको उपाधि जितेको टोलीका प्रत्येक खेलाडीलाई जनही ५ लाख दिइएको हो ।
गत आइतबार सम्पन्न आइसिसी पुरुष टी– २० विश्व कपको एसिया क्षेत्र छनोटको फाइनलमा पुग्दै टी– २० विश्व कपमा स्थान बनाएको टोलीलाई भने बधाई दिइएको थियो ।
प्रतिक्रिया