Logo

Breaking News 1

टी-२० विश्वकपमा छनोट भएको टोलीलाई क्यानले ५० लाख दिने


२० कार्तिक २०८०, सोमबार  

23
Shares

काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले आईसीसी टी-२० विश्वकप फाइनल एसियामा उत्कृष्ट प्रदर्शन गरेको नेपाली क्रिकेट टोलीलाई नगद पुरस्कारसहित सम्मान गर्ने भएको छ ।

क्यानको आज बसको बोर्ड बैठकले अर्को वर्ष वेस्टइन्डिज र अमेरिकामा आयोजना हुने टी २० विश्वकप क्रिकेटमा स्थान बनाएको टोलीलाई ५० लाख नगद पुरस्कार प्रदान गर्ने निर्णय गरेको सचिव पारस खड्काद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

यसैगरी मेलेसियामा भएको एसीसी मेन्स यू-१९ प्रिमियर कप विजेता तथा जनवरीमा हुने यू-१९ एसिया कपमा छनोट भएको नेपाली टोलीका खेलाडीलाई जनही ५० हजार नगद पुरस्कार प्रदान गर्ने पनि निर्णय गरेको छ । यस्तै नोभेम्बर १५ देखि १९ सम्म हङकङ महिला टी-२० क्रिकेट सिरिजमा नेपाली टोली पठाउने पनि निर्णय गरेको छ ।

प्रकाशित मिति : २० कार्तिक २०८०, सोमबार  ७ : ०१ बजे