Logo

Breaking News 1

कृषि, पर्यटन र उर्जा क्षेत्रमा लगानी गर्न अन्तर्राष्ट्रिय उद्योगी–व्यापारीलाई राष्ट्रपति पौडेलको आग्रह


२० कार्तिक २०८०, सोमबार  

69
Shares

काठमाडाैं। राष्ट्रपति रामचन्द्र पौडेलले नेपालकाे कृषि, पर्यटन र उर्जा क्षेत्रमा लगानी गर्न अन्तर्राष्ट्रिय उद्योगी–व्यापारीलाई आग्रह गरेका छन्।

एसिया प्रशान्त क्षेत्रीय उद्योग वाणिज्य परिसंघ (क्यासी) र नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को संयुक्त आयोजनामा आयोजित ३७ औँ क्यासी सम्मेलनमा राष्ट्रपति पौडेलले यस्तो आग्रह गरेका हुन्।

राष्ट्रपति पौडेलले शुक्रबार राति गएको भुकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा ठूलो धनजनको क्षति भएको घटनाप्रति मानवीय भावसहित पीडितहरुलाई सहयोग गर्न सबै उद्यमी, व्यवसायीहरुलाई अपिल पनि गरे।

प्रकाशित मिति : २० कार्तिक २०८०, सोमबार  १२ : ३५ बजे