Logo

Breaking News 1

ग्लोबल आइएमई बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा सुमन पोखरेल नियुक्त


२० कार्तिक २०८०, सोमबार  

69
Shares

काठमाडौं। ग्लोबल आइएमई बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा सुमन पोखरेल नियुक्त भएका छन् ।

आइतबार बसेको सञ्चालक समिति बैठकले यसअघि आईएमई समूहका प्रमुख कार्यकारी अधिकृत रहेका पोखरेललाई बैंकको डीसीइओमा नियुक्त गरेको हो ।

उनी आईएमई समूहको उपाध्यक्षसमेत हुन् । एभरेष्ट बैंकबाट बैंकिङ क्षेत्रमा काम शुरु गरेका पोखरेलले ग्लोबल बैंकमा तीन वर्ष काम गरेपछि सञ्चालक समिति सदस्यमा चयन भएका थिए ।

पोखरेलले सोमवारबाट पदभार ग्रहण गरेका छन् । ग्लोबल आईएमई बैंकको सीईओमा अहिले रत्नराज बज्राचार्य छन् भने वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्र रेग्मी रहेका छन् । पोखरेललाई भावी सीइओका रूपमा हेरिएको छ ।

प्रकाशित मिति : २० कार्तिक २०८०, सोमबार  ११ : २४ बजे