Logo

खेलकुद

आईसीसी एक दिवसीय विश्वकप क्रिकेटमा आज श्रीलंका र बंगलादेश खेल्दै


२० कार्तिक २०८०, सोमबार  

23
Shares

काठमाडाैं । भारतमा जारी आईसीसी एक दिवसीय विश्वकप क्रिकेटमा आज श्रीलंका र बंगलादेशबीच प्रतिस्पर्धा हुँदैछ । खेल दिल्लीको अरुण जेटली स्टेडियममा दिउँसो सव २ बजे सुरु हुनेछ ।

सेमिफाइनलको दौडबाट बाहिर रहेको बंगलादेशले सन् २०२५ मा हुने आईसीसी च्याम्पियन्स ट्रफी जितेर छनोट हुन चाहन्छ । सेमिफाइनलको दौडमा रहन श्रीलंकालाई कुनै पनि हालतमा जित्नैपर्छ । हार भएमा टोली विश्वकपबाट बाहिरिने छ ।

सात खेलबाट दुई जितसहित ४ अंक जोडेको श्रीलंका अंक तालिकाको सातौं स्थानमा छ । योसँगै बंगलादेशले ७ खेलमा एक जितसहित २ अंक जोडेको छ र ९ नम्बरमा छ ।

हेड टू हेडमा श्रीलंकाको दबदबा छ । एकदिवसीय विश्वकपमा अहिलेसम्म यी दुईबीच कुल चार खेल खेलिएका छन् । श्रीलंकाले तीन जित हात पारेको छ । तर एक खेल वर्षाका कारण अनिर्णित रह्यो । दुई टोलीबीच एकदिवसीयमा ५३ खेल खेलिएका छन् । श्रीलंकाले ४२ र बंगलादेशले ९ जित हात पारेको छ ।

दुई खेल नतिजाविहीन छन् । यी दुईको पछिल्लो पटक यसै वर्ष सेप्टेम्बरमा भएको एसिया कपमा श्रीलंकामा भिडन्त भएको थियो । यो खेल श्रीलंकाले २१ रनले जितेको थियो ।

प्रकाशित मिति : २० कार्तिक २०८०, सोमबार  ९ : ३१ बजे