Logo

Breaking News 1

एनआईसी एशिया बैकले भूकम्प प्रभावित क्षेत्रमा ५१ लाख सहयोग गर्ने


१९ कार्तिक २०८०, आइतबार  

69
Shares

काठमाडौं। एनआईसी एशिया बैंकले जाजरकोट भूकम्पबाट प्रभावित क्षेत्रका लागि प्रधानमन्त्री दैवी प्रकोप राहत उद्धार कोषमा ५१ लाख नगद सहयोग रकम प्रदान गर्ने घोषणा गरेको छ ।

जाजरकोट, रुकुम पश्चिम लगायत वरपरका जिल्लामा परेको ठूलो जनधनको क्षतिमा राहत उपलब्ध गराउन उक्त रकम बैंकले उपलब्ध गराउने घोषणा गरेको हो ।

शुक्रवार मध्यरातमा गएको भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा मात्रै १५७ जनाको मृत्यु भइसकेको छ, भने डेढ सयभन्दा धेरै घाइते उपचाररत छन् ।एनआईसी एशिया बैंक मुलुकमा सबैभन्दा धेरै बैंकिङ्ग सञ्जालहरू भएको बैंकहरू मध्येको बैंक हो । यस बैंकले मुलुकभर ३६० शाखा कार्यालयहरू, ६४५ एटीएम, ११० वटा विस्तारित काउन्टर एवं ६१ वटा शाखा रहित शाखा सञ्जाल विस्तार गरेको छ ।

देशको कुल जनसंख्यामध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई सेवा दिन यस बैंक सफल भएको छ ।

प्रकाशित मिति : १९ कार्तिक २०८०, आइतबार  १ : ३५ बजे