काठमाडौं। नेपाल विद्युत प्राधिकरणका कर्मचारीहरु आन्दोलित भएका छन्। प्राधिकरणका ट्रेड युनियनहरुले आन्दोलनका कार्यक्रम अन्तर्गत आज कार्यकारी निर्देशक कुलमान घिसिङलाई कार्यालय प्रवेशमा रोक लगाउने भएका छन्।
नेपाल विद्युत प्राधिकरण कर्मचारी युनियन र नेपाल विद्युत प्राधिकरण कर्मचारी संघ ९आधिकारिक ट्रेड युनियनले आज देखि ३ दिन कार्यकारी निर्देशक कुलमान घिसिङसहित उच्च तहका कर्मचारीलाई कार्यालय प्रवेशमा रोक लगाउने तयारी गरेका हुन्।
उनीहरुले आज कात्तिक १९ गते बिहान ११:१५ बजेदेखि १२:१५ बजेसम्म कार्यकारी निर्देशक, उपकार्यकारी निर्देशक प्रशासन, जनसाधन विभागका निर्देशक र सम्पूर्ण प्रादेशिक कार्यालयका प्रमुखलाई कार्यकक्षमा प्रवेश निषेध गर्ने बताएका छन् । त्यस्तै २० गते बिहान ११:१५ बजेदेखि १२:४५ बजेसम्म कार्यकारी निर्देशक, उपकार्यकारी निर्देशक प्रशासन, जनसाधन विभागका निर्देशक र सम्पूर्ण प्रादेशिक कार्यालयका प्रमुखलाई कार्यकक्षमा प्रवेश निषेध गर्ने उल्लेख गरेका छन् ।
२१ गते बिहान ११:१५ बजेदेखि ०१:१५ बजेसम्म कार्यकारी निर्देशक, उपकार्यकारी निर्देशक प्रशासन, जनसाधन विभागका निर्देशक र सम्पूर्ण प्रादेशिक कार्यालयका प्रमुखलाई कार्यकक्षमा प्रवेश निषेध गर्ने आन्दोलनको कार्यक्रममा उल्लेख छ।
प्रतिक्रिया