Logo

Breaking News 1

संसद्को वर्षे अधिवेशनमा सांसदलाई १५ दिनको मात्रै तलब दिए पुग्छ : महामन्त्री शर्मा


१९ कार्तिक २०८०, आइतबार  

69
Shares

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री एवं सांसद विश्वप्रकाश शर्माले संसद्को वर्षे अधिवेशनमा सांसदहरूलाई १५ दिनको मात्रै तलब दिँदा पुग्ने अवस्था देखिएको बताएका छन् ।

दिन गुजारेको हिसाबले करिब ६ महिनाको तलब लिएपनि कामको परिणामको हिसाबले १५ दिनको मात्रै तलब दिँदा पुग्ने खालको अवस्था देखिएको बताएका हुन् ।

महामन्त्री शर्माले संसद्लाई प्रभावकारी बनाउन आफूले पनि सांसदको रूपमा पर्याप्त काम गर्न नसकेको स्वीकार गरे । संसद्को वर्षे अधिवेशनमा उपलब्धि कम हुनुमा सरकारको अल्छिपना र प्रमुख प्रतिपक्ष एमालेको आवेगपनाले पनि काम गरेको बताए ।

उनले उपलब्धिका दृष्टिले संसद्को वर्षे अधिवेशन कमजोर देखिएपनि अनुभव भने प्रशस्त भएको र त्यसले संसद्को आगामी अधिवेशनहरूलाई चाहिँ अझ प्रखर, प्रभावकारी, परिणाममुखी र उपलब्धिमुलक बनाउनुपर्ने आत्माबोध भएको पनि पटकपटक दोहोर्‍याए ।

प्रकाशित मिति : १९ कार्तिक २०८०, आइतबार  ११ : १२ बजे