Logo

खेलकुद

तेह्रथुमको लसुनेमा दिपावली मेला तथा फुटबल प्रतियाेगिता हुने



तेह्रथुम । तेह्रथुम जिल्लाको लालीगुराँस नगरपालिका ७ र ९ को सगम स्थलमा रहेको लसुने बजारमा दिपावली मेलाको अवसरमा पुरुष आमन्त्रित पुरुष फुटबल तथा बृहत सांस्कृतिक कार्यक्रम हुने भएको छ । रियल लसुने युवा क्लबको आयोजना तथा लालीगुराँस नगरपलिकाको सहयोगमा कार्यक्रम हुने भएको हो ।

कार्यक्रममा फुटबल कार्तिक २० गतेदेखी २५ गतेसम्म प्रतियोगिता हुने भएको खेल संयोजक सुमन लिम्बुले जानकारी दिए । प्रतियोगितामा विजेताले नगद १ लाख १ हजार १ सय ११ रुपैयाँ दिपावली कप, मेडल प्रमाणपत्र प्राप्त गर्ने छन । त्यस्तै उपविजेताले ५० हजार ५ सय ५५ रुपैयाँ मेडल र प्रमाणपत्र प्राप्त गर्ने रियल लसुने क्लबका अध्यक्ष रतन लिम्बुले बताए ।

त्यस्तै कार्तिक २५ गते राष्ट्रिय कलाकार एलिना चौहान, निशान भट्टराई ,केहेर सिं लिम्बुका साथै स्थानीय कालाकारहरुको प्रस्तुति रहने भएको छ । कार्यक्रममा विभिन्न जातजातीहरुको भेषभुषासहितको झाँकीहरु समेत प्रस्तुत गरिने भएको क्लबका सल्लाहकार हिम थापाले बताए फुटबल प्रतियोगितामा कोशी प्रदेशका विभिन्न १२ टिमको सहभागीता रहनेछ ।

प्रकाशित मिति : १९ कार्तिक २०८०, आइतबार  १० : ०० बजे