Logo

मुख्य समाचार

गाजाको मानवीय संकटलाई ह्वाइट हाउस अगाडी विशाल प्रदर्शन


१९ कार्तिक २०८०, आइतबार  

0
Shares

वासिंगटन डिसी । गाजामा मानवीय अवस्था बिग्रँदै गएपछि इजरायल र हमासबीचको शत्रुतामा युद्धविरामको लागि आह्वान गर्दै शनिबार वाशिंगटन, डीसी र युरोपका प्रमुख सहरहरूमा हजारौं प्रदर्शनकारीले जुलुस निकालेका छन् ।

अमेरिकाको संघीय राजधानी वाशिंगटन, डीसीमा प्यालेस्टाइन समर्थक प्रदर्शनकारीहरूको भीड शनिबार दिउँसो संयुक्त राज्य अमेरिकाको राजधानीको ‘फ्रिडम प्लाजा’ मा भरिएको थियो । सो क्रममा प्रदर्शनकारीका तर्फवाट बोल्दै वक्ताहरूले गाजामा युद्धविराम र इजरायललाई अमेरिकी सहयोग अन्त्य गर्नका लागि सार्बजनिक रुपमा आह्वान गरेका थिए ।

नेशनल मल र ह्वाइट हाउस नजिकै रहेको फ्रिडम प्लाजा रातो, हरियो र कालो पहिरन र प्यालेस्टिनी झण्डा फहराउने नाराबाजी गर्ने प्रदर्शनकारीहरूले भरिएको थियो । कार्यक्रम आयोजकहरूले भनेका छन कि उनीहरूले हजारौं प्रदर्शनकारीहरूको अपेक्षा गरेका छन् ।

वक्ताहरूले अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रशासनलाई गाजाको संकटको प्रतिक्रियाको लागि आलोचना गरेका छन र चेतावनी यो पनि दिए कि यदि उनले युद्धमा युद्धविरामको लागि आह्वान गरेनन भने उनीहरूले २०२४ मा राष्ट्रपतिलाई समर्थन गर्ने छैनन् ।

वासिङ्टनमा प्यालेस्टिनी समर्थक जुलुसको केही सातापछि यो र्‍याली निकालिएको हो । भीडले ह्वाइट हाउस र त्यसपछि फ्रिडम प्लाजामा मार्च गर्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : १९ कार्तिक २०८०, आइतबार  ९ : २२ बजे