Logo

Breaking News 1

जाजरकोटमा भूकम्पबाट ज्यान गुमाउनेको संख्या २३ पुग्याे


१८ कार्तिक २०८०, शनिबार  

46
Shares

काठमाडौं । जाजरकोटमा भूकम्पबाट ज्यान गुमाउनेको संख्या २३ पुगेको छ । जिल्लाको भेरी नगरपालिकामा १५ जना र कुशे गाउँपालिकामा आठजनाको मृत्यु भएको पुष्टि भएको छ ।

भेरी नगरपालिकाका प्रमुख चन्द्रप्रकाश घर्तीले आफ्नो गाउँपालिकामा अहिलेसम्म कम्तीमा १५ जनाको मृत्यु पुष्टि भएको जानकारी दिए ।

उनले भूकम्पका कारण सडकहरू अवरुद्ध हुँदा उद्धार कार्यमा कठिनाइ भइरहेको पनि बताए । यसैगरी कुशे गाउँपालिका आठजनाको मृत्यु पुष्टि भएको गाउँपालिका अध्यक्ष हरिशचन्द्र बस्नेतले जानकारी दिए ।

प्रकाशित मिति : १८ कार्तिक २०८०, शनिबार  ६ : ०७ बजे